शनिबार, जेष्ठ २४, २०७७
    स्वास्थ्य

    शिक्षण अस्पताल महाराजगञ्जमा उपचारत ६ वर्षिय बालिकामा देखियो कोरोना

    बिहिवार, १ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, १ जेठ । बिहीबार विहान कोरोना भाइरस संक्रमण पुष्टि भएकी कपिलवस्तुकी ६ वर्षीया बालिका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा उपचाररत रहेको खुलासा भएको छ ।

    स्वासनलीमा मासु पलाएको देखिएका कारण उनलाई सो अस्पताल ल्याइएको थियो । तर शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । ती बालिकामा संक्रमण देखिएपछि अहिले शिक्षण अस्पतालमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी तथा तिनका कुरुवा त्रसित भएका छन् ।

    उनलाई ईएनटी विभागको ओपीडीमा जाँच गरिएपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो । उनमा कोरोना संक्रमण पुष्टि भएपछि शिक्षण अस्पताललाई सिल वा अन्य के गर्ने भन्नेबारे छलफल भइरहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast