मंगलवार, जेष्ठ २०, २०७७
    शेयर बजार

    लकडाउन अवधिभर नखोलिने गरी सेयर बजार फेरि बन्द

    बिहिवार, १ जेष्ठ २०७७, आहाखबर

    काठमाडौं, १ जेठ । लकडाउनका कारण ५१ दिन पछि मंगलबार खुलेको सेयर बजार फेरि बन्द भएको छ । बिहीबार बिहान बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक समितिको बैठकले आजैदेखि सेयर कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिने निर्णय गरेको छ । सोही निर्देशनअनुसार आजदेखि सेयर बजार बन्द हुनेछ ।

    सरकारको अनुमतिमा मंगलबारदेखि सेयर बजार खुलेप नि कोरोनाको जोखिम झनै बढदै गएपछि बन्द गर्ने निर्णय भएको सेबोनका प्रवक्ता निरज गिरीले बताए । ‘अहिलेका लागि सरकारले गरेको लकडाउनको अवधिसम्मका लागि दोस्रो सेयर कारोबार बन्द गर्ने निर्णय भएको छ,’ उनले भने ।

    सामान्य अवस्थामा दैनिक ५ घण्टा सेयर कारोबार हुदै आएकोमा अहिले २ घण्टाका लागि बजार खोलिएको थियो । दुबै देखि २/२ प्रतिशतका दरले बजार घटेपछि ऋणात्मक सर्किट ब्रेकरमार्फत सेयर कारोबार बन्द भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast