शनिबार, जेष्ठ २४, २०७७
    बिदेश

    भूलवश आफ्नै जहाजमा क्षेप्यास्त्र ठोक्किँदा इरानमा १९ सैनिकको मृत्यु

    बिहिवार, १ जेष्ठ २०७७, आहाखबर

    तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलवश अर्को युद्धपोतमा ठोक्किँदा १९ सैनिकको ज्यान गएको छ । यस सैन्य अभ्यासमा इरानी जलसेनाका दुई जहाज थिए । 
    इरानको सरकारी मिडियाका अनुसार एक नयाँ एन्टि सिप क्षेप्यास्त्र परीक्षणको क्रममा उक्त दुर्घटना भएको हो । 
    ओमानको जलक्षेत्रमा भएको यस दुर्घटनामा अन्य १५ जना घाइते भएको इरानी सञ्चारमाध्यामले जनाएका छन् । खाडी क्षेत्रका मुलुकबाट तेल निर्यातका लागि निकै संवेदनशील सामूद्रिक मार्गका रुपमा रहेको यस जलक्षेत्र हुँदै जहाजहरु स्टेट फ हर्मुजतर्फ ओहोरदोहोर गर्छन् । 
    स्टेट अफ हर्मुज र ओमानी जलक्षेत्रमा इरानले नियमित रुपमा सैन्य अभ्यास गर्दै आएको छ । 
    एउटा जहाजबाट प्रहार गरिएको क्षेप्यास्त्र नजिकै रहेको अर्को जहाजमा खसेको त्यहाँका सञ्चारमाध्यामले उल्लेख गरेका छन् । इरानी जलसेनाले उक्त दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । उक्त जहाज समुद्रमा नडुबेको बताइएको छ । 
    इरानले नेदरल्यान्डमा निर्मित कोनाराक युद्धपोत सन् १९७९ मा इस्लामिक क्रान्तिअघि खरिद गरेको थियो । यो जहाजलाई सन् २०१८ मा मर्मत गरी चारवटा क्रुज क्षेप्यास्त्र जडान गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast