शनिबार, जेष्ठ २४, २०७७
    स्वास्थ्य

    थप दुई जनामा देखियाे कोरोना, नेपालमा संक्रमितको संख्या २४५ पुग्यो

    बिहिवार, १ जेष्ठ २०७७, आहाखबर

    काठमाडाैं, १ जेठ। नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।

    बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast