मंगलवार, जेष्ठ २०, २०७७
    लाइफस्टाइल

    यस्ताे छ आजकाे माेसम पुर्व अनुमान, असिना र हावाहुरी सहित वर्षाको सम्भावना

    मंगलवार, ३० बैशाख २०७७, आहाखबर

    काठमाडौँ, ३० वैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिन्छ।

    देशको पश्चिमी भुभागमा सामान्य बदली रहि बाँकि भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

    दिउँसोः देशको अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशको पहाडि भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

    रातीः देशको पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडि भूभागमा सामान्य बदली र बांकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरु र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast