शनिबार, जेष्ठ २४, २०७७
    बिदेश

    स्पेनमा कोरोनाका कारण बिरालोको मृत्यु

    शनिबार, २७ बैशाख २०७७, आहाखबर

    काठमाडाैं, २७ वैशाख। स्पेनमा पहिलोपल्ट बिरालोमा कोभिड १९ देखिएको छ । स्पेनमा बस्ने एक क्याटालोनियन परिवारले पालेको बिरालोमा कोरोना देखिएको स्पेनका स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् ।

    उक्त बिरालो पाल्ने परिवारका एक सदस्यको कोरोनाकै कारण मृत्यु भएको थियो । चार वर्षको उक्त बिरालोलाई सास फेर्न समस्या देखिएपछि तत्काल पशु चिकित्सककहाँ लागिएको थियो ।

    पशुचिकित्सकहरूले बिरालोमा मुटुको समस्या रहेको पत्ता लगाए । बिरालो पहिल्यैदेखि मुटु रोगको बिरामी थियो ।

    उपचारका क्रममा बिरालोको मृत्यु भएपछि पोस्टमार्टमका लागि लगियो । पोस्टमार्टममा संकलन गरिएको नमूनामा उक्त बिरालोमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast