मंगलवार, जेष्ठ २०, २०७७
    शेयर बजार

    मंगलबारदेखि सेयर बजार पनि खुल्ने

    शनिबार, २७ बैशाख २०७७, आहाखबर

    काठमाडाैं, २७ वैशाख । आगामी मंगलबारदेखि सेयर बजार कारोबार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले मङ्गलबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका प्रवक्ता निरन्जन गिरीले जानकारी दिए । १० चैतदेखि धितोपत्र बजार बन्द गरिएको थियो ।

    बजार खुलाउनका लागि आइतबार र सोमबार आवश्यक तयारी गरेर मंगलबारदेखि दैनिक ११ देखि १ बजेसम्म सेयर कारोबार हुने गरी बजार खोल्ने तयारी भएको धितोपत्र बोर्डले जनाएको छ ।

    दैनिक २ घण्टाको कारोबार गर्दा सुरूको कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्न पनि धितोपत्र बोर्डले निर्णय गरेको छ ।

    त्यस्तै धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रूपमा आइपीएस वा विद्युतीय माध्यममार्फत् गर्नुपर्ने र धितोपत्र खरिद गर्दा पनि आईपीएस या विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहन गरिने बोर्डले जनाएको छ । यो व्यवस्थालाई आगामी साउनदेखि भने अनिवार्य नै गरिने पनि निर्णय भएको प्रवक्ता निरन्जन गिरीले बताए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast