मंगलवार, जेष्ठ २०, २०७७
    लाइफस्टाइल

    यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

    शुक्रबार, २६ बैशाख २०७७, आहाखबर

    काठमाडौँ, २६ वैशाख । हाल देशमा पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र  तथा  बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार हाल देशको पहाडी  भू-भाग आंशिक बदली र बाँकी भु-भागमा सामान्यतया सफा रहेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    बैशाख २६ गते (शुक्रबार)

    दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । देशका पूर्वी भू-भागका थोरै स्थानहरूमा  साथै मध्य र पश्चिमका एक-दुई  स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशको पूर्वी भु-भागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली भई बाँकि भू-भागमा  सामान्यतया सफा रहनेछ । पुर्वी भू-भागका एक दुइ  स्थानमा  मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    बैशाख २७ गते (शनिबार)

    दिउँसोः देशका पहाडी भू-भागमा सामान्य  बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । देशका पहाडी भू-भागका केहि  स्थानहरुमा र तराइका एक दुइ स्थानमा  मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशका मध्य र पुर्वका भू-भागमा सामान्य  बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुई  स्थानमा  मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    बैशाख २८ गते (आइतबार)

    दिउँसोः देशभर सामान्य  बदली रहनेछ।पश्चिमि भू-भागका केहि  स्थानहरुमा अनि  मध्य र पुर्वका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशभर सामान्य बदली रहनेछ। मध्यका केहि स्थानकरुमा अनि पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टामा देशको पुर्वी  भू-भागका थोरै र पश्चिमका एक-दुई  स्थानमा  मेघगर्जन/चट्याङ्ग/असिनासहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast