शनिबार, जेष्ठ २४, २०७७
    सावधान

    रोल्पामा चट्याङ लागेर दुईको मृत्यु

    बिहिवार, २५ बैशाख २०७७, आहाखबर

    काठमाडाैं, २५ वैशाख। रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. २ सिर्प निवासी ४० वर्षीय चित्र पुन र ६३ वर्षीय भीमबहादुर विकको मृत्यु भएको हो।

    रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरूङले बिहान साढे ८ बजेतिर चट्याङले लागेर उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको बताए।

    ‘उहाँहरू दुबै जनाको घर तलमाथि छ, दुबै जना बाहिर निस्केको समयमा चट्याङले लागेर मृत्यु भएको हो,’ डिएसपी गुरूङले भने।

    उनीहरू दुबै जना घर बाहिर निस्केको समयमा चट्याङले हानेको भए पनि उनीहरूको बीचको घरका मानिसहरू भने सकुशल रहेको प्रहरीले बताएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast