शनिबार, जेष्ठ २४, २०७७
    धर्म-संस्कृति

    बुद्ध जयन्तीका अवसरमा देशभर दीप प्रज्वलन गर्न प्रधानमन्त्रीकाे आह्वान

    बिहिवार, २५ बैशाख २०७७, आहाखबर

    काठमाडौं, २५ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) २५६४ औँ बुद्ध जयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।

    उनले २५६४ औँ बुद्ध जयन्तीका अवसरमा आज साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast