मंगलवार, जेष्ठ २०, २०७७
    लाइफस्टाइल

    देशका यी स्थानमा मेघगर्जनसहित बर्षा, यस्तो छ मौसम पूर्वानुमान

    मंगलवार, २३ बैशाख २०७७, आहाखबर

    काठमाडौँ, २३ वैशाख। मंगलबार देशका धेरैजसो स्थानमा बदली भई पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुको प्रभावले देशको  पश्चिमी भु(भागका बिभिन्न स्थानमा पानी पर्ने समभावना रहेको छ ।

    त्यस्तै आज दिउँसो देशको मध्य तथा पुर्वका केही स्थानमा बदली भई मेघगर्जन, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । आज राति पनि देशको मध्य तथा पूर्वी भू(भागका बिभिन्न स्थानमा बदली भई मेघगर्जनसहित पानी पर्ने र पश्चिमी भू(भागमा पानी पानी पर्ने सम्भावना रहेको जनाइएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast