शनिबार, जेष्ठ २४, २०७७
    स्कुल-कलेज

    'विद्यार्थी भर्ना नगर्नू, शुल्क पनि नलिनू': शिक्षा मन्त्रालय

    सोमबार, २२ बैशाख २०७७, आहाखबर

    काठमाडाैं, २३ वैशाख। सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिन भनिएको छ ।

    ‘हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कक्षा वा नयाँ भर्ना नगर्न, नगराउन, साथै भर्ना र अनलाइन कक्षाको नाममा शुल्क नलिनसमेत सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

    विद्यार्थी भर्ना सुरु गर्न निजी विद्यालयले दबाब दिँदै आएका थिए । २५ वैशाखपछि भर्ना प्रक्रिया अगाडि बढाउने तयारी गरेको भन्दै चौतर्फी विरोध भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast