मंगलवार, जेष्ठ २०, २०७७
    लाइफस्टाइल

    चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना छ: माैसम विभाग

    शनिबार, २० बैशाख २०७७, आहाखबर

    काठमाडौँ, २० वैशाख। देशभरको मौसम शनिबार आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले देशका मध्य पूर्वी क्षेत्रमा पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहेको मौसमविदले बताएका छन् । पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

    स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण देशभरको मौसम बदली भएको हो । यस्तै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेको मौसमविदले बताएका छन् ।

    शनिबार दिउँसो मध्य र पूर्वी भू–भागका साथै पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही अन्य क्षेत्रमा आंशिक बदली हुनेछ ।

    पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिए । पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ ।

    राति पहाडी भू–भागमा सामान्य बदली तथा पूर्वी तराईका क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

    पश्चिमी र पूर्वी पहाडी भू–भागका केही स्थान र मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिनासहित वर्षाको सम्भावना रहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast