मंगलवार, जेष्ठ १३, २०७७
    साहित्य

    सलाम मजदुर किसान - कविता

    शुक्रबार, १९ बैशाख २०७७, तारामणि न्यौपाने.

    खरको छानो झोपडी सानो छ उसलाई महान । 
    चिन्ता छैन बस्ने गर्छन मजदुर जवान॥
    दिन रात नभनेर जसले गर्छ काम । 
    नसिब छैन कहिल्यै यिनलाई आराम ॥

    परिश्रम र मेहनत नै यिनको पहिचान । 
    सलाम छ हाम्रो सारा मजदुर किसान ॥
    खेतिपाती काम धन्दा जस्को ठूलो शान । 
    झरिवर्षा घामपानी सब यिनलाई समान ॥

    खेतै भरि धानका बाला जसले झूलायो ।
    काम मात्रै सम्झीएर भोक तिर्खा भूलायो॥
    काम गर्छौ सधै तिमि छौ कति महान । 
    तर पनि कहिल्यै तिमिले पायनौ नि सान ॥

    दिनरात नभनेर जी खटी रहन्छ । 
    भोक तिर्खा दुःख कष्ट जसले सहन्छ ॥
    शाहस र परिश्रम जसको पहिचान ।
    सलाम छ हाम्रो सारा मजदुर किसान ॥

    तिम्रो नाममा दिन दिनै हुदैछ हराम । 
    उठ जाग मजदुर किसान नलिइ आराम॥
    तिम्रो नाम बेची याँहा ठूला शासक भाका छन् ।
    कुर्चि बचाउन अनेक चालमा यिनी लाका छन् ॥

    सिकागो र सिङ्गापुर उठाउने मजदुर । 
    विपत्तीमा भोकै नाङ्गै तिमी नै मजदुर ॥
    सन्सारका किसान मजदुर एकजुट हुनु छ । 
    भ्रष्ट शासन हटाएर शुसासन ल्याउनु छ ॥

    तारामणि न्यौपाने
    ठेगानाः बेलौरी न.पा. ४,कञ्चनपुर
    सहायक प्राध्यापक, महाकाली बहुमुखी क्याम्पस,बेलौरी । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast