सोमबार, जेष्ठ १९, २०७७
    कला-सौन्दर्य

    रहेनन् बलिउडका चर्चित अभिनेता ऋषि कपुर

    बिहिवार, १८ बैशाख २०७७, आहाखबर

    मुम्बई, १८ वैशाख। क्यान्सरबाट बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएकाे छ । लामाे समयदेखि क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । साेहि क्रममा ६७ वर्षीय कपुरकाे निधन भएकाे हाे ।

    ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या रहेकाे भाइ रणधीर कपुरले बताएका छन् ।

    अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

    यस्तै बुधबारमात्रै बलिउडले चर्चित अभिनेता इरफान खान गुमाएको थियो । उनकाे पनि निधन क्यान्सरबाटै भएकाे हाे ।

    ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन् । उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए । उनले श्री ४२० र मेरा नाम जोकरमा बाल कलाकारको भूमिका पनि निर्वाह गरेका थिए । उनले अन्तिम फिल्म ‘द बडी’मा काम गरेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast