शनिबार, जेष्ठ २४, २०७७
    सावधान

    अलपत्र परेकी युवती र आफ्नै बहिनीलाई काठमाडौं पुर्‍याइदिने भन्दै करणी गर्ने पक्राउ

    बिहिवार, १८ बैशाख २०७७, आहाखबर

    भक्तपुर, १८ वैशाख । आफ्नै १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा मध्यपुर ठिमीस्थित बाेँडेबाट २३ वर्षीय युवक सोमबार पक्राउ परेका छन् ।

    सिन्धुपाल्चोक घर भई हाल बाेँडेस्थित जस्ताको टहरामा बस्दैआएका ती युवकले राति बहिनी सुतेको मौका छोपी करणी गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

    त्यस्तै धादिङबाट ना. ६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौँ आउँदै गरेकी २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ट्रकका सहचालक कृष्ण सतारलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको छ ।

    कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ का कारण सडकमा अलपत्र परेकी ती युवतीलाई उद्धार गरी काठमाडौं पुर्‍याइदिने भन्दै करणी गरेको पीडितले बताएकी छिन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast