सोमबार, जेष्ठ १९, २०७७
    कला-सौन्दर्य

    बलिउड अभिनेता इरफान खानको मृत्यु

    गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो। उनकी आमा ९५ वर्षकी थिइन्।

    बुधबार, १७ बैशाख २०७७, आहाखबर

    बलिउड नायक इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । 

    स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार पुर्याइएको थियो । जहाँ उनको आइसीयूमा राखेर उपचार गरिदै  थियो ।

    भारतीय समाचार माध्यम जुम टिभीले उनको निधन भएको खबर प्रकाशित गरेको हो ।

    इराफान न्यूरोइन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । लण्डनमा दुई वर्षको उपचारपश्चात् उनी २०१९ मा मुम्बई फिर्ता भएका थिए ।

    पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन्।

    इरफान खानले लाइफ अफ पाई, जुरासिक वल्र्ड, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डेजस्ता चर्चित हलिउड तथा बलिउड चलचित्रमा अभियन गरेका छन्।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast