शनिबार, जेष्ठ १७, २०७७
    लाइफस्टाइल

    अझै केहि दिन माैसममा खराबी: मौसम विभाग

    आईतवार, १४ बैशाख २०७७, आहाखबर

    काठमाडौं, १४ वैशाख। आगामी केहि दिन मौसम बदली हुने तथा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

    प्रि मनसुन चलिरहेको र पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गारेकोले तत्काल मौसम सफा हुने सम्भवना नरहेको मौसमविद विभुति पोख्रेलले जानकारी दिइन्।  आज बिहानैदेखि देशका केही स्थानमा पानी पर्न थालेको पोख्रेलले बताइन्।

    आज दिउँसो र राति पनि देशभरको मौसम सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग र असिना तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १३ दशमलब ४ डिग्री सेल्सियस मापन भएकोमा दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ।
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast