आईतवार, आषाढ २१, २०७७
    स्कुल-कलेज

    लकडाउनमा बालबालिकाकाे प्रभावकारी सिकाइ कसरी गर्ने ?

    शनिबार, १३ बैशाख २०७७, आहाखबर

    काठमाडाैं, १३ वैशाख । विश्वभर फैलिएको कोरोना भाइइरस 'कोभिड १९' को माहामारीबाट धेरै स्कुले बालबालिकाहरू पढाइबाट बञ्चित बनेका छन् । कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा संसारभरिका असंख्य बालबालिका विद्यालय जानबाट बञ्चित बनेका हुन् ।

    नेपाल पनि कोरोनाको संक्रमण फैलिन नदिन  करिव एक महिनादेखि लकडाउनमा छ । यहाँका नीजि तथा सरकारी सबै विद्यालयहरू बन्द छन् । यस्तो अवस्थामा कतिपय अभिभावकहरू आफ्ना बालबालिकालाइ कसरी पढाउने, के पढाउने भन्ने विषयमा चिन्तीत बनेका छन् । इन्टरनेटको पहुँच भएका सुगम क्षेत्रका कतिपय अभिभावकहरूले इन्टरनेटका माध्यमबाट बालबालिकालाइ पढाइरहेका छन् । तर, इन्टरनेटको पहुँच नभएका तथा दुर्गम ठाउँका अभिभावकहरू बालबालिकाको पढाइलाइर् लिएर चिन्तीत बनेका छन् ।

    तर, बालबालिकालाई घरमा दिइने शिक्षा विद्यालयले प्रदान गर्ने शिक्षाजस्तो हुन नहुने बेलायतको पहिलो खुल प्राध्यापकले बताएका छन् ।

    यस्तै कोरोनाका कारण विद्यालय बन्द हुँदा बालबालिकाका लागि यो नयाँ घरेलु  सिकाइको अवसर भएकाले खेलका माध्यमबाट बालबालिकाको सिकाइ अगाडी बढाउनु पर्ने क्याम्ब्रिज विश्वविद्यालयका लेगो प्रोफेसर पल रामचन्दनीको भनाइ छ ।

    उनि भन्छन् ुबालबालिकाले गरेको सञ्चार प्रयासलाई राम्रोसँग ध्यान दिने,व्याख्या गर्ने र प्रतिक्रिया जनाउने अभिभावकको क्षमताले उनीहरूको वृत्ति विकासमा सकारात्मक प्रभाव पार्दछ ।ु क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसरले गरेको अध्ययनहरूले बाबुनानीसँग पिता प्रशन्न चित्तका साथ खेलद्वारा आबद्ध हुँदा उनीहरूको व्यवहार,स्वभाव तथा वृद्धिमा राम्रो परिणाम दिने देखाएको उनी बताउँछन् ।

    कठोर तथा मिहिनेत लगाउनुपर्ने प्रकृतिका खेल तथा शारीरिक क्रियाशिलताले बालबालिकालाई शारीरिक समन्वय र स्वनियन्त्रणजस्ता जीवनयोगी कला सिक्न मद्धत गर्दछ। अभिभावकलाई आफ्नो बालबालिकाका लागि विविध किसिमका रमाइला एवं मनोरञ्जनात्मक खेल तथा गीतसंगीत अभ्यासलगायत गतिविधि पहल गर्न अनुरोध गर्दै उनी भन्छन्,‘बच्चाले विभिन्न खेल सिक्ने र त्यसमा रमाउने हुनाले कस्तो प्रकारको खेल उपयुक्त हुन्छ भन्नेबारे अभिभावकले चिन्ता लिनुपर्दैन।’

    यस्तो खालको उत्साहजनक अभिभावकत्व बालबालिकाको सिकाइका साथसाथै सामाजिक तथा भावनात्मक विकासमा अहम् हुने उनको अवलोकन छ। कुनै पनि गतिविधि सम्पन्न गर्न बालबच्चाले सामना गर्ने तनाव वा दबाबको समाधान भनेको अभिभावकले देखाउने माया, हौसला र स्याहार हो।

    बालमनोविज्ञ रामचन्दनी क्याम्ब्रिज विश्वविद्यालयले सञ्चालन गरेको बालबालिकाको विकासमा खेलको भूमिकामाथिको अनुसन्धानका नेतृत्व गरिरहेका छन्। उनी इम्पेरियल कलेज लन्डनको बालबालिका तथा वयष्क मानसिक स्वास्थ्य विषयका पूर्वप्राध्यापक पनि हुन् 

    आफ्नो पेसा,अध्ययन तथा विभिन्न अनुसन्धानका आधारमा उनले हाल विश्वभरि अभ्यास गरिएको औपचारिक शिक्षाले साना नानीलाई लामो समयसम्म फाइदा नगर्ने चेतावनी दिँदै यस्तो सिकाइको प्रणालीलाई रोक्नुपर्ने वा परिमार्जन गर्नुपर्ने बताएका छन्।सुरुवाती वर्षमा खेलाइने खुला तथा असंगठित खेलका अवसरले बाबुनानीलाई दीर्घकालसम्म फाइदा पुर्‍याउने तर कक्षा कोठाभित्रका सीमित र संगठित वातावरणको सिकाइले उनीहरूको वृत्तिविकासको आवश्यकता पूरा नगर्ने भन्दै बालबालिकालाई औपचारिक शिक्षण प्रणालीभित्र केही समयपछि मात्र प्रवेश गराइनुपर्ने रामचन्दनीको दाबी छ।

    उनी सानै उमेरमा बालबालिकालाई सिकाइको लागि विद्यालय पठाउने कुराको विरोध गर्छन् । एक बालमनोवैज्ञानिका रूपमा सानै उमेरको औपचारिक शिक्षा बालबालिकाको वृत्तिविकासमा सहयोगी नहुने उनको भनाइ छ । खेलले बालबालिकलाई संसारबारे अन्वेषण गर्न,परिणामबारे सिक्न,वस्तु तथा चिज कसरी एकअर्कासँग मेल खान्छन् भन्ने जान्न तथा सम्बन्धले कसरी काम गर्छ भनेर बुझ्न सघाउने उनी बताउँछन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast