शनिबार, जेष्ठ २४, २०७७
    सावधान

    बाँकेमा तीन बालकको शव फेला

    शुक्रबार, १२ बैशाख २०७७, आहाखबर

    बाँके, १२ वैशाख। बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ ।बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    मृत्यु हुनेमा  पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर र  १२ नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ  । प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast