मंगलवार, जेष्ठ १३, २०७७
    साहित्य

    कविता (आमा)

    बिहिवार, ११ बैशाख २०७७, आहाखबर

    कविता (आमा)


    पीडाहरू सहँदै,
    राख्यौ मलाई कोखमा
    प्रशव पीडा सहँदै 
    जन्म दियौ
    धर्तीमा
    आमा
    जन्म दियौ धर्तीमा
    सुन्दर संसारमा
    जन्म दियौ धर्तीमा
    आमा
    सुन्दर संसारमा।

    तेल थिएन घरमा
    न त थियो घ्यूनै
    आफ्नो पीडा आफैले राख्यौ मुटुमै
    आमा
    राख्यौ मुटुमा।

    पटुकीमा चिउरा,
    जिम्मेवारी काँधमा
    डोको बिसाइ पिलायौ 
    दूधको धारा शिशुवस्था
    आमा 
    दूधको धारा शिशुवस्थामा।

    मेरो तोते बोलीमा 
    संसारलाई 
    नै
    भूलेर
    हाँस्थ्यौ मेरी
    आमा
    आफैलाई
    भाग्यमानी
    आफैले नै ठानेर।।

    ताते ताते गर्दै
    दुई कदम म हिंड्दा
    संसारलाई 
    नै
    जित्ने
    सन्तान
    मेरै सन्तान भन्दै
    गर्व गर्थ्यौ 
    मेरी आमा
    मेरी आमा
    क्रमश:


    सनुजा श्रेष्ठ 
    भैरवटोल ,पोखरा
    २०७७/१/११

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast