शनिबार, जेष्ठ २४, २०७७
    विज्ञान/प्रविधि

    मोबाइलमा पैसा सकियाे ? टेलिकमले दिंदैछ निःशुल्क सेवा

    मंगलवार, ९ बैशाख २०७७, आहाखबर

    काठमाडौं, ९ बैसाख । के मोवाइलमा पैसा नभएर आवश्यक ठाउँमा पनि फोन गर्न पाइरहनु भएको छैन ? यदि त्यसो हो भने अब चिन्ता नलिए हुने भएको छ ।

    मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र इन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो ।

    ब्यालेन्स शून्य भएको र पटक–पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले सन्देश पठाउने भएको छ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा शुरु हुनेछ ।
    यस्ता ग्राहकको विवरण संकलनको काम भइरहेको टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिएका छन् । यो सेवा बुधबारदेखि लागू हुने पनि उनले बताए ।

    लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सेवा शुरु गर्न लागेको उनले बताएका छन् । टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast