शनिबार, जेष्ठ २४, २०७७
    सावधान

    कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो, निको भए साढे ६ लाख संक्रमित

    मंगलवार, ९ बैशाख २०७७, आहाखबर

    काठमाडाैं, ९ वैशाख। विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार बढीले ज्यान गुमाएसँगै मृतकको संया १ लाख ७० हजार नाघेको हो ।

    कोरानाबाट सबैभन्दा अमेरिकामा ४२ हजार ५ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

    बितेको २४ घण्टामा मात्रै त्यहाँ १९ सय ३९ जनाले ज्यान गुमाउँदा २८ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ७ लाख ९२ हजार नाघेको छ ।

    स्पेनमा संक्रमितको संख्या २ लाख नाघेको छ । बितेको २४ घण्टामा त्यहाँ १५ सय संक्रमित थपिँदा ३९९ जनाको मृत्यु भएको छ ।

    इटालीमा १ लाख ८१ हजार, फ्रान्समा १ लाख ५५ हजार, बेलायतमा १ लाख २४ हजार, टर्कीमा ९१ हजार, इरानमा ८३ हजार, चीनमा ८२ हजार ७ सय, रसियामा ४७ हजार, ब्राजिल, बेल्जियममा समान ४० हजार, क्यानाडामा करिब ३९ हजार, नेदरल्याण्डमा ३३ हजार व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ ।

    गत वर्षको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना विश्वका २१० देशमा फैलिसकेको छ ।

    मंगलबार बिहानसम्म २४ लाख ८१ हजार व्यक्ति यो भाइरसबाट संक्रमित भइसकेका छन् । जसमध्ये ६ लाख ४७ हजार व्यक्ति उपचारपछि निको भएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast