शनिबार, जेष्ठ २४, २०७७
    आर्थिक खबर

    ट्याङ्कर चालकले नै ८ हजार लिटर पेट्रोलमा पानी मिसाएकाे खुलासा

    आईतवार, ७ बैशाख २०७७, आहाखबर

    काठमाडाैं, ७ वैशाख । ट्याङ्कर चालकले ८ हजार लिटर पेट्रोलमा पानी मिसाएकाे खुलासा भएकाे छ । म्पले थानकोट डिपोबाट उठाएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयाङ्करको चालकले नै पानी मिसाएको पुष्टि भएको नेपाल आयल निगमले जनाएकाे छ ।

    निगमको थानकोट डिपोबाट बसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयाङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको हाे । 

    पेट्रोल पम्पले शनिबार बिहान पेट्रोल बिक्री गर्नु अगाडि गुणस्तर जाँच गर्दा पानी मिसाएको भेटिएको थियो । 
    पेट्रोलमा पानी देखिएसँगै पम्पले थानकोटको डिपोलाई खबर गरेको थियो । त्यसपछि त्यो पम्पबाट पेट्रोल बिक्री वितरण गर्न बन्द गरिएको थियो । 
     
    पेट्रोलमा पानी मिसिएको घटनाका बारेमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयाङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    टयाङ्कर चालकलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको पनि निगमले जनाएको छ ।

     

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast