शनिबार, जेष्ठ २४, २०७७
    आर्थिक खबर

    लकडाउनमा उपत्यकाका ६ वटा स्टोरबाट सेवा दिंदै भाटभटेनी

    शुक्रबार, ५ बैशाख २०७७, आहाखबर

     

    काठमाडौं, ५ वैशाख । लकडाउनको अवधी लम्बिएपछि भाटभटेनी सुपरमार्केट्सले उपत्यकाका विभिन्न ६ स्थानबाट सेवा दिने भएको छ ।

    अहिलेसम्म नक्लासस्थित स्टोर्सबाट होम डेलिभरीको सुविधा दिँदै आएको भाटभटेनीले उपत्यकाका विभिन्न ६ वटा स्थानबाट सेवा दिन लागेको जनाएको छ ।

    सरकारले पनि अत्यावश्यक सेवा सञ्चालनका लागि आग्रह गरेको छ । भाटभटेनीले उपत्यकामा रहेका नक्साल, पुल्चोक, ठिमी, कोटेश्वर, कलंकी र महाराजगन्जबाट सेवा दिन लागेको अपरेटिङ अफिसर पानु पौडेलले बताए ।

    'हामीले दुरी कायम राखेर सेवा दिन थालेका छौं,' पौडेलले भने, 'दुरी कायम गर्ने कुरामा हामीले सम्झौता गरेका छैनौं । भित्र पनि हामीले सोहीअनुसार व्यवस्था मिलाएका छौं । हिँडेर आउने ग्राहकलाई सहज होस् भन्नका लागि हामीले ६ ठाउँबाट सेवा दिन थालेका हौँ ।'

    भाटभटेनीका पोखरा, चितवन, भैरहवा, बुटबल, धरान, विराटनगरलगायतका स्टोर्सबाट भने यसअघि पनि सेवा सुचारु भइरहेको छ ।


     

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast