सोमबार, जेष्ठ १९, २०७७
    कला-सौन्दर्य

    यस्ताे छ बलिउड अभिनेता शाहरूख खानकाे सम्पती विवरण ?

    बिहिवार, ४ बैशाख २०७७, आहाखबर

    नयाँ दिल्ली, ४ वैशाख । बलिउडका बहुचर्चित अभिनेता शाहरुख खान किङ खानका नामले प्रसिद्व छन् ।

    बलिउडमा लामो समय बिताइसकेका शाहरुख पछिल्लो पटक १०० करोड कमाउने अभिनेताहरुको सुचीमा पर्छन् । भारतमा मात्र नभएर विश्वका धेरै देशमा उनका थुप्रै फ्यानहरू छन् । धेरै मानिहरू उनकाे व्यक्तिगत जिवनका बारेमा पनि जान्न चाहान्छन् । 

    किङ खानकाे सम्पती कति हाेला ? याे प्रश्न धेरैले साेचेका हाेलान् । हामी आज उनकाे सम्पतीकाे बारेमा चर्चा गर्ने छाैं ।

    उनको कुल सम्पत्ति ६ सय  मिलियन डलर रहेको छ । उनीसँग ग्राण्ड स्पोर्ट ७९९३ सिसि, १२ करोड भारतीय रुपैयाँ पर्ने अटोमेटिक कार, ३.९२ करोड पर्ने बेन्टले कन्टिनेन्टल जिटी ४.० करोड भारतीय रुपैयाँ पर्ने रोल्स रोयस फ्यानटम ड्रपहेड कप, २.२९ करोड पर्ने बिएमडब्लु आइ ८, ५३.७५ लाख भारतीय रुपैयाँ बराबरकाे अउडी ए६३५ टिडिआइ म्याट्रिक्स एडिसन १९६८ सिसि, १.२३ करोड भारतीय रुपैयाँ पर्ने बिएमडब्लु ७ सिरिज र १.१५ करोड पर्ने बिएमडब्लु ६ सिरिज रहेका छन् ।

    यस्तै उनीसँग १०.६० लाख भारतीय रुपैयाँ बराबरकाे हार्ले डेबिडसन स्ट्रिट बाइक  रहेकाे छ। उनलाई यो बाइक रोहित सेट्टीले गिफ्ट दिएका हुन् ।

    उनले ४ लाख ४० हजार भारतीय रुपैयाँ बराबरकाे ट्याग हिउर ग्राण्ड कारियारा कालिबर ‘घडी’  प्रयाेग गर्छन भने उनकाे ४ करोड भारतीय रुपैयाँ बराबरकाे कस्टम भ्यानिटी भ्यान रहेकाे छ ।

    उनले सन् १९९५ मा २.५ मिलियन डलर पर्ने मन्नत बंगला किनेका थिए । हाल यो घर पर्यटकहरुको आकर्षको केन्द्र बनेको छ । यो घरको हालको मुल्य ३० मिलियन डलर रहेको छ ।

    दुबईमा शाहरुखको २४.५ मिलियन डलर बराबरको सम्पत्ति रहेको छ भने सेन्ट्रल लण्डनमा २५ मिलियन डलर पर्ने अपार्टमेन्ट रहेको छ । उनले उक्त अपार्टमेन्ट सन् २००९ मा किनेका थिए ।

    शाहरुखको दिल्लीमा पुरानो घर रहेको छ । उनले यस घरमा कुनै परिवर्तन गरेका छैनन् ।

    यस घरको मुल्य हालसम्म निर्धारण गरिएको छैन ।उनले सन् १९९९ मा गाैरी खानसँग विवाह गरेका थिए । अहिले उनका ३ सन्तान रहेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast