शनिबार, जेष्ठ १७, २०७७
    लाइफस्टाइल

    यस्ताे रहनेछ आज दिनभर माैसम

    बुधबार, ३ बैशाख २०७७, आहाखबर

    काठमाडौँ, ३ वैशाख। देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै अहिले नेपालमा पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।

    मध्य र पूर्वका अधिकांश क्षेत्र तथा पश्चिमीका केही क्ष्भागका अहिले पू्र्ण बदली भएको छ । थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित असिना र हावाहुरीसहित वर्षा भइरहेको मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा भने आंशिक बदली अवस्था छ ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको मध्य र पूर्वका केही स्थानहरु र पश्चिमीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast