शुक्रबार, जेष्ठ १६, २०७७
    सार्क

    कोरोनाका कारण भारतमा एक चिकित्सकको मृत्यु

    आईतवार, ३० चैत्र २०७६, आहाखबर

    नयाँ दिल्ली, ३० चैत। भारतमा कोरोना भाइरसका कारण एक चिकित्सकको मृत्यु भएको छ ।

    उत्तर प्रदेशको बुलन्दसहरबाट उपचारका लागि दिल्ली गएका डाक्टरको दिल्लीस्थित सफदरजंग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    आफ्नो स्वास्थ्यमा समस्या आएपछि ती ७ अप्रिलमा उपचारका लागि पत्नी र छोरालाई दिएर दिल्ली गएका थिए । चिकित्सकको सल्लाहअनुसार नै अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पाइएको थियो ।

    स्वास्थ्य विभागको टिमले उनको परिवारका अन्य सदस्यको समेत नमुना परीक्षणका लागि पठाएको छ भने डाक्टरको इलाका नै सील गरेको छ ।

     

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast