शनिबार, जेष्ठ २४, २०७७
    आर्थिक खबर

    प्रदेश नं २ राहत कोषमा पौने दुई करोड जम्मा

    शुक्रबार, २८ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, २८ चैत। प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको  कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोडभन्दा बढी सहयोग जम्मा भएको छ । मुख्यमन्त्री सचिवालयका अनुसार सो कोषमा रु एक करोड ७८ लाख ५० हजार सहयोग रकम जम्मा भएको छ ।


    सो कोषमा नेपाली काँग्रेस, सिभिल बैंंक, मेगाा बैंक,  गण्डकी विकास बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक , नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकले सहयोग रकम जम्मा गरेका हुन् ।

    त्यस्तै सहयोगी विकास बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र भाटभटेनी मलले सहयोग रकम कोषमा जम्मा गरेको छ । कोषमा ग्रामीण विकास लघु वित्तीय संस्थाले पनि सयोग रकम जम्मा गरेको  जनाइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast