शुक्रबार, जेष्ठ २३, २०७७
    राज्य-समाज

    डलरको भाउ बढेर अहिलेसम्मकै उच्च

    बिहिवार, २७ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, २७ चैत । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। डलरको भाउ चैत २७ गते बिहीबार एकैदिन १ रुपैयाँ १९ पैसाले बढेर १२२ रुपैयाँ ५० पैसा पुगेको हो।

    यस दिन अमेरिकी डलको खरिद मूल्य भने १२१ रुपैयाँ ९० पैसा कायम भएको छ। ऋघिल्ले दिन डलरको बिक्री मूल्य १२१ रुपैयाँ ३१ पैसा र खरिद मूल्य १२० रुपैयाँ रहेको थियो।

    अहिले कारोना भाइरसको असरको कारण विश्वकै अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ जसले गर्दा विश्वका शेयर बजार समेत उच्च रुपले घटेको छ। केरोना भाइरसकै कारण अन्य क्षेत्रमा भन्दा डलरमा लगानी सुरक्षित देखिएकाले लगानीकर्ता डलरतर्फ आकर्षित हुदा यसको भाउ बढेको हो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast