शुक्रबार, जेष्ठ २३, २०७७
    राज्य-समाज

    विदेशबाट फर्किएर क्वारेण्टाईनमा बसेका ९ जनाबाट आयो यस्ताे रिपोर्ट

    बिहिवार, २७ चैत्र २०७६, आहाखबर

    पर्वत, २७ चैत । पर्वतको फलेवास नगरपालिकाका ९ जनामा कोरोना संक्रमण नभएको पाईएको छ । उनीहरु सबै विदेशबाट फर्किएर क्वारेण्टाईनमा बसिरहेका व्यक्ति हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाव परिक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।

    मंगलवार संकलन गरि पठाईएको स्वावको रिपोर्ट हिजो आएको देवकोटाले बताए । बाँकी ४ जनाको रिर्पोट आउन बाँकी रहेको छ । उनीहरु मोदी गाउँपालिकाका हुन् । उनीहरु पनि विदेशबाट फर्किएका नागरिक हुन ।


    त्यसैगरी कुश्मा नगरपालिकका १४ जनाको पनि स्वाब संकलन गरिएको छ । उनीहरुको पनि रिर्पोट आउन बाँकी रहेको छ । आज जिल्लाको बिहादी, महाशिला र पैयुँ गाउँपालिकामा स्वाव संकलन शिविर आयोजना गरिँदै छ । जिल्लामा विदेशबाट फर्किएका सबै ३१६ जनाको स्वाव परिक्षण गर्न लागिएको डा. देवकोटाले जानकारी दिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast