शुक्रबार, जेष्ठ २३, २०७७
    राज्य-समाज

    काेराेना कोषमा झण्डै २ खर्ब संकलन, कसरी हुन्छ रकमको सदुपयोग ?

    बुधबार, २६ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, २६ चैत। सरकारले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण तथा उपचार कोष स्थापना गरेको एक सातामै झण्डै २ खर्ब रुपैयाँ संकलन भएको छ ।  

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले चैत २५ (हिजो साँझ सम्म) सम्म १ खर्ब ८६ करोड जम्मा भएको र झण्डै २० करोडजति चेक क्लियरिङमा गएको बताए । 

    कोभिड कोषको अन्य बेला स्थापना हुने कोष भन्दा प्रभावकारी रुपले काम अघि बढेको उनले बताए । यही चैत १८ गते खडा भएको कोषको कार्यविधि समेत बनेर खर्च गर्न शुरु भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विडारीले जानकारी दिए । 

    उनले भने, ‘कोष बनेको दुई दिन भित्र हामीले कार्यविधि बनाएका हौं । त्यसमा जटिल विषय केही पनि छैन । कार्यविधि सार्वजनिक भन्दा पनि आन्तरिक रुपमै रहेको छ ।’  

    बिडारीका अनुसार कार्यविधिमा कोभिड–१९ रोगसँग सम्बन्धित बिरामीहरुलाई ओसारपसार गर्ने, क्वारेन्टाइनमा राख्ने, तिनको खाना खर्च बेहोर्ने, टेस्ट गर्ने, क्वारेन्टाइन बनाउने, आइसोलेसन सेन्टरहरु बनाउने, घुम्ती अस्पताल बनाउने, भइरहेको अस्पालमा सुधार विस्तार गर्ने लगायतका खर्च कोषले बेहोर्ने उल्लेख छ । 

    काम शुरु भएपनि खर्च कति भयो भन्ने एकिन विवरण नआएको उनको भनाइ छ । अहिले कतिपय स्थानीय तह, प्रदेशले आफ्नै तरिकाबाट रोकथामका लागि खर्च गरिरहेको छन् । यसरी जुनसुकै रकमबाट खर्च गरिएपनि उनीहरुले बिल भरपाइ पठाउनेछन् । त्यसपछि महालेखा नियन्त्रकको कार्यालयले सोधभर्नाका लागि केन्द्रबाट पैसा पठाउँनेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast