बिहिवार, जेष्ठ २२, २०७७
    बिदेश

    कोरोनाको उद्गमस्थल वुहान सहरमा हटाइयो लकडाउन

    बुधबार, २६ चैत्र २०७६, आहाखबर

    वुहान, २६ चैत । काेराेना भाइरसकाे उद्गमस्थल वुहान सहरकाे लकडाउन हटाइएकाे छ। कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन झण्डै तीन महिनापछि हटाइएको हाे।

    साेमबार चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेकाे देखिएपछि मंगलबार प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको बिबिसीले जनाएको छ । तर मंगलबार फेरि २ जनाकाे काेराेना कारण ज्यान गएकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ ।

    गत जनवरीदेखि वुहान सहर पूर्णतया लकडाउनमा थियो । त्यहाँ महामारी नियन्त्रण आइसकेकोले लकडाउन खुकुलो पारिएको बताइएको छ । यससँगै यातायातका सबै साधनहरू पनि पुनः सञ्चालनमा आएका छन् ।

    पहिलोपटक वुहानभित्र बन्दी अवस्थामा रहेका मानिसहरु अब अन्यत्र सहरमा जान सक्नेछन् । तर स्मार्टफोनमा व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा ‘हरियो’ कोड देखिएकाहरूले मात्र यो सुविधान पाउनेछन् ।

    १ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा गत जनवरी २३ देखि पूर्णतया सबैजसो व्यापार, व्यवसाय, यातायातका साधन बन्द गरिएको थियो । मानिसहरुलाई हिडडूल गर्न समेत बन्देज लगाइएको थियो । अब विस्तारै वुहान सहरको दैनिकी पुरानै लयमा फर्कन थालेको छ ।

    स्राेत: वर्ल्डाेमिटर्स

    अहिले चीनमा १ हजार १९० जनामा मात्र काेराेना भाइरसकाे संक्रमण कायम रहेकाे छ । ती वुहानभन्दा पनि अन्यत्र विभिन्न सहरमा ‘इम्पाेर्टेड केस’काे रहेकाे जनाइएकाे छ । चीनमा हालसम्म संक्रमितमध्ये ७७ हजार २७९ जना निकाे भइसकेका छन् भने ३ हजार ३३३ जनाकाे ज्यान गएकाे छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast