शुक्रबार, जेष्ठ २३, २०७७
    राज्य-समाज

    आगामी दुई साता हाम्रा लागि थप चुनौतीपूर्ण छ : प्रधानमन्त्री

    मंगलवार, २५ चैत्र २०७६, आहाखबर

    काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता हाम्रा लागि थप चुनौतीपूर्ण हुने बताएका छन् ।

    लकडाउनको १५ औं दिन देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा समुदाय संक्रमणको बढेकोले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका हुन् । 

    नेपालमा पनि काेराेनाकाे संक्रमण फैलिएसँगै केहि साता हाम्रा लागि थप  चुनौती हुने भन्दै सरकारले बैशाख ३ गते सम्मका लागि लकडाउन लम्ब्याएकाे छ ।

    यस्तै उनले नेपालको सीमा नजिक आउनुभएका नेपालीहरुले भोग्‍नुपरेको अप्ठेरो पर्नुपरेको कुरालाई ध्यान दिँदै दुई हजार १ सय ४७ नेपालीहरुलाई भारत सरकारसँग कुरा गरेर क्‍वारेन्टाइनमा राखिएको बताएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast