शुक्रबार, जेष्ठ २३, २०७७
    राज्य-समाज

    जिल्लाजिल्लामा सामान पुर्याउदै सेनाको जहाज

    मंगलवार, २५ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, २५ चैत। नेपाली सेनाको जहाजले मंगलबार विभिन्न ठाउँमा अत्यावश्यक सामग्रीहरूको ढुवानी गरिँदै छ । सेनाले सोमबार पनि केही स्थानमा ढुवानी गरेकामा आज पनि निरन्तरता दिइएको हो ।

    देशका विभिन्न अस्पतालहरूमा औषधि तथा स्वास्थ्य सामग्री ढुवानीका लागि सेनाले २ वटा जहाज उडाउने अनुमति लिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    त्यस्तै, तारा एयरको जहाजले नेपालगञ्जदेखि जुम्ला खाद्यान्न ढुवानीका लागि अनुमति लिएको छ ।

    एयर डाइनास्टीको चार्टर्ड हेलिकोप्टरले पनि उडानको अनुमति लिएको छ ।

    लकडाउनपछि लामो दूरीका गाडीहरू सञ्चालन बन्द भएपछि अत्यावश्यक सेवाका लागि फाट्टफुट्ट जहाजहरू उडिरहेका प्राधिकरणले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast