शुक्रबार, जेष्ठ २३, २०७७
    सावधान

    अवैध सम्बन्ध लुकाउन देवरको हत्या

    मंगलवार, २५ चैत्र २०७६, आहाखबर

    काठमाडौँ, २५ चैत । अवैध सम्बन्ध लुकाउन महोत्तरीको पर्साकी सगिरा खातुनलाई देवरको हत्या अभियोगमा प्रहरी खोरमा पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनी १५ दिनदेखि प्रहरी कार्यालयको हिरासतमा छिन् । 

    सगिराले आफ्नै १३ वर्षीइ देवर मजिवुल अन्सारीको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार देवर मजिवुलको औलाले घाँटी थिची हत्या गरिएको हो । 

    सगिरा चैत ९ गते मध्यरातमा प्रेमीलाई आफ्नै घरमा बोलाएर यौन क्रियाकलापमा लिप्त थिइन् । सोही अवस्थामा उनीहरुलाई देवर मजिवुलले देखेका थिए । 

    विगत २ वर्षदेखि सगिराका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा छन् । श्रीमान विदेशमा रहेको बेला यौन प्यास मेटाउन प्रेमीसँग एकवर्ष पहिलेदेखि यौन सम्बन्ध बढाएकी थिइन् । 

    आपत्तिजनक अवस्थामा देवर मजिवुलले उनीहरुलाई देखेपछि सोही दिन राति सगिराले प्रेमिलाई भगाएकी प्रहरी अनुसन्धानबाट खुल्न आएको एसपी अधिकारीले बताए । 

    एसपी अधिकारीका अनुसार सगिराको प्रेमी भगाउन देवर मजिवुलले पनि सहयोग गरेको पाइएको छ । त्यसपछि भाउजु र देवर आ–आफ्नै कोठामा गएर सुतेका थिए । 

    सोही दिन राति उनीहरुबीच २७ मिनेट लामो फोनमा कुराकानी समेत भएको थियो । सगिराले प्रेमीसँग २७ मिनेट लामो कुरा गरेको कलडिटेल प्रहरीले पत्ता लगाएको एसपी अधिकारीले बताए । 

    अवैध सम्बन्धको पोल खुल्ने डरले फानेमै देवर मजिवुलको हत्या गर्ने योजना बनेको हुनसक्ने एसपी अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘सोही अनुरुप सुतेको बेला मजिवुलको घाँटी थिचेर हत्या गरिएको हुनसक्छ ।’

    हत्यापछि मजिवुलको शव खाल्डो खनेर गाड्न लैजाँदै गर्दा सगिरालाई प्रहरीले पक्राउ गरेको हो । कवरगाहा भन्ने ठाउँमा मजिवुलको शव लैजाँदै गर्दा सगिरालाई पक्राउ गरिएको एसपी अधिकारीले पुष्टि गरे । 

    महिलाको प्रेमी फरार रहेको र खोजीकार्य जारी रहेको एसपी अधिकारीले बताए । ‘भागेर भारतमा लुकेको खार छ, खोजी कार्य भइरहेको छ,’ उनले भने । 

    सगिरा र उनको प्रेमिमाथि कर्तव्य ज्यान मुद्दामा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast