शुक्रबार, जेष्ठ २३, २०७७
    स्वास्थ्य

    विश्वमा काेराेना संक्रमितकाे संख्या साढे १३ लाख पुग्दा, ज्यान गुमाउने ७५ हजार

    मंगलवार, २५ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, २४ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ हजार नजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७४ हजार ६९२ पुगेको छ ।

    अहिलेसम्म विश्वभर साढे १३ लाख ४६ हजार ४२८ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये २ लाख ७८ हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् । अहिले झण्डै १० लाख मानिसमा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ७५ हजार भने गम्भीर अवस्थामा छन् ।

    कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली, स्पेन त्यसपछि अमेरिका पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ५२३ पुगेको छ ।

    इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६३६ जनाको मृत्यु भएको छ भने साढे ३ हजार नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख ३२ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । तीमध्ये २२ हजार ८३७ जना पूर्ण रुपमा निको भएका छन् । अहिले त्यहाँ ९३ हजारभन्द बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये ४ हजारकाे अवस्था गम्भीर रहेको छ ।

    काेराेनाकाे कारण इटालीपछि सबैभन्दा बढी स्पेनमा मृत्यु भएकाे छ । अहिलेसम्म स्पेनमा काेराेनाका कारण १३ हजार ३४१ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ७ सय जनाको ज्यान गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।

    स्पेनमा अहिलेसम्म १ लाख ३६ हजारभन्दा बढी काेराेना संक्रमित भएको छन् । तीमध्ये ४० हजार ४३७ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले स्पेनमा ८२ हजार ८९७ जनामा कोरोना संक्रिया रहेको छ । तीमध्ये ६ हजार ९३१ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

    सबैभन्दा बढी काेराेना संक्रमण हुने देश हाे अमेरिका । मृत्यु हुनेमा भने अमेरिका तेस्राे नम्बरमा पर्छ । अहिलेसम्म अमेरिकामा ३ लाख ६७ हजारभन्दा बढीमा काेराेनाकाे संक्रमण भएकाे छ । साेमबार मात्रै अमेरिकामा ३० हजारभन्दा बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् ।

    अहिलेसम्म अमेरिकामा काेराेनाबाट १० हजार ८७१ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टाभित्र अमेरिकामा १ हजार २५५ जानकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये १९ हजार ६७१ जान भने पूर्ण रूपमा निकाे भएका छन् । अहिले अमेरिकामा ३ लाख ३६ हजारमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ८७९ जनाकाे भने अवस्था गम्भीर रहेकाे छ ।

    काेराेना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी र फ्रान्स पनि रहेकाे छ । जर्मनीमा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ३ हजार १ ३७४ पुगेकाे छ । तीमध्ये २७ हजार ७ सय भने पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले जर्मनीमा ७१ हजार ८४९ जनामा काेराेना सक्रिय रहेकाे छ । करिब ५ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् । अहिलेसम्म त्यहाँ १ हजार ८१० जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् ।

    फ्रान्समा जर्मनीमा भन्दा कम संक्रमण भएतापनि मृतककाे संख्या भने निकै धेरै रहेकाे छ । फ्रान्समा अहिलेसम्म काेराेनाका कारण करिव ९ हजारकाे ज्यान गएकाे छ । साेमबार मात्रै फ्रान्समा ८३३ जनाकाे मृत्यु भएकाे छ ।

    अहिलेसम्म फ्रान्समा ९८ हजार काेराेनाबाट संक्रमित भएका छन् । जसमा साेमबार मात्रै ५ हजारभन्दा बढी नयाँ संक्रिमत थपिएका हुन् । अहिले त्यहाँ ७१ हजार ८४९ जनामा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये ७ हजारकाे अवस्था भने गम्भीर रहेकाे छ ।

    काेराेनाकाे उद्गम स्थल चीन भने अहिले १२ सयकाे हाराहारीमा मात्रै काेराेना सक्रिय रहेकाे छ । त्यहाँ ७७ हजारभन्दा बढी पूर्णरूपमा निकाे भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८१ हजार ७ सय जनामा कोरोनाको संक्रमण देखिएकाे छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast