शुक्रबार, जेष्ठ २३, २०७७
    कला-सौन्दर्य

    दुई हप्तापछि काेराेनालाई जितेर फर्किइन कनिका कपुर

    सोमबार, २४ चैत्र २०७६, आहाखबर

    मुम्बई, २४ चैत । दुई सातादेखि अस्पतालमा भर्ना भएकी गायिका कनिका कपुर साेबमार  डिस्चार्ज भएकी छिन् । भारतका लखनउको एसजीपीजीआई अस्पतालमा करिब दुई हप्तादेखि भर्ना भएकी गायिका कपुरलाई  आज बिहान अस्पतालबाट छुट्टी दिइएको हाे ।

    कनिका कपुरलाई लखनउको किंग जर्ज मेडिकल विश्वविद्यालयमा कोरोना संक्रमणको पुष्टि भएपछि २० मार्चमा अस्पताल भर्ना गरिएको थियो ।

    त्यसपछि पीजीआईमा उनको पाँचपटक परीक्षण भयो र सोमबार जब लगातार दुईवटा रिपोर्ट नेगेटिभ आयो तब उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । यद्यपि, उनलाई घरमा नै दुई हप्तासम्म क्वारेन्टिनमा बस्न सल्लाह दिइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast