शुक्रबार, जेष्ठ २३, २०७७
    राज्य-समाज

    राष्ट्र बैंककाे नयाँ गर्भनरमा शिवाकोटी, अधिकारी र खनालको नाम सिफरिस

    सोमबार, २४ चैत्र २०७६, आहाखबर

    काठमाडौैं, २४ चैत ।अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनालको नाम सिफारिस गरेको छ। 

    अर्थमन्त्री खतिवडाको संयोजकत्वमा गठन भएको समितिमा पुर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरि बाँस्कोटा रहेका थिए। उक्त समितिले आगामी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको हो। संभवत आज बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नर नियुक्त गर्ने छ।

    समितिले एक जना राष्ट्र बैंकका डेपुटी गभर्नर र दुई जना आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरूबाट छान्नु पर्ने व्यवस्था भए बमोजिम उनीहरुलाई छानेको हो। समितिले छानेका तीन मध्येबाट मन्त्रिपरिषले एक जना गभर्नर नियुक्ति गर्ने छ।

    गत चैत ५ गतेदेखि डा. चिरञ्जिबी नेपालको कार्यकाल सकिएपछि कामु गभर्नरको जिम्मेवारी सिवाकोटीलाई दिइएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast