बिहिवार, जेष्ठ २२, २०७७
    सावधान

    चार पुरुष मृत फेला

    सोमबार, २४ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, २४ चैत । नुवाकोटको किस्पाङ गाउँपालिका-४ स्थित ग्याल्गअप मिइके जङ्गलमा अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। उनको पहिचान खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

    यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका–१ माझीगाँउ बस्ने ३५ वर्षीय राजकुमार माझी मृत फेला परेका छन्। उनी सोही ठाउँमा रहेको ढोली खोलामा आइतबार राति मृत फेला परेका हुन्।

    चितवनको खैरहनी नगरपालिका–९ खुरखुरेस्थित नेपाल ग्याँस प्रालिको कम्पाउण्डभित्र कच्ची घरमा सोही प्रालिका एक जना श्रमिक मृत फेला परेका छन्। बाराको फेटा गाउँपालिका–४ का ४५ वर्षीय सखिचन महरा आइतबार साँझ मृत अवस्थामा फेला परेका हुन्।

    यसैगरी, पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित काली गण्डकी नदीको किनारमा म्याग्दी मंगला गाउँपालिका–३ बरंजा घर भएका ४४ वर्षीय रत्नबहादुर शेरचन आइतबार दिउँसो मृत फेला परेका छन्। उनी बेनी नगरपालिका–७ बस्दै आएका थिए।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast