शुक्रबार, जेष्ठ २३, २०७७
    बिदेश

    डोनल्ड ट्रम्पले मागे भारतसँग मलेरियाको औषधी

    आईतवार, २३ चैत्र २०७६, आहाखबर

    न्युयाेर्क, २३ चैत। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले भारत सरकारसँग मलेरिया प्रतिरोधी औषधी हाइड्रोक्सीक्लोरोक्विन अमेरिका पठाइदिन आग्रह गरेको जानकारी दिएका छन् ।

    राष्ट्रपति ट्रम्पले यो औषधी कोरोनाभाइरस बिरामीको उपचारमा निकै प्रभावकारी हुनसक्ने दाबी सुझाव दिएका छन् ।

    यद्यपि, स्वास्थ्य विशेषज्ञले कोरोना संक्रमणको उपचारमा यो औषधी प्रभावकारी हुन्छ भनेर दाबी गर्न कुनै आधिकारिक रिपोर्ट नभएको बताउने गरेका छन् ।

    भारतले संसारभरी यो औषधी निर्यात गर्दै आएको छ तर आजकाल यो औषधीको निर्यातमा रोक लगाइएको छ । यदि कोरोनाको संक्रमण तीब्र रुपमा फैलियो आफ्ना जनताका लागि नै यो औषधीको आवश्यकता पर्ने भारतले अनुमान गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast