शुक्रबार, जेष्ठ २३, २०७७
    राज्य-समाज

    लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस, अझै कति दिन लम्बिएला ?

    आईतवार, २३ चैत्र २०७६, आहाखबर

    काठमाडौं, २३ चैत । काेराेना भाइरस संक्रमितकाे संख्या बढ्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकारले लकडाउन लम्ब्याउन माग गरेकाे छ । 

    कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सिफारिस गरेको हाे ।

    सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने निष्कर्षसहित केन्द्र सरकारलाई सिफारिस गरिएको जानकारी दिए ।

    कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि यही चैत २५ गते सकिँदैछ ।

    लकडाउनको अवधि लम्बिने चर्चा चलिरहेको बेला शनिबार बसेको संघीय मन्त्रिपरिषद बैठकले त्यसबारे कुनै निर्णय गरेन । बरु संक्रमण थप फैलिन नदिन सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म आउ–जाउ गर्न रोक लगाउने निर्णय गरेको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast