बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने

    आईतवार, २३ चैत्र २०७६, आहाखबर

    काठमाडौं, २३ चैत । सरकारले एक प्रदेशाबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीयतहबाट अर्को स्थानीयतहमा आवागमनलाई कडाई गर्ने भएको छ।

    अनावस्यक आवागमनलाई सरकारले रोकेको हो। कोरोना भाइरस नियन्त्रणको लागि यसो गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

    स्वास्थ्यकर्मीलाई पूर्ण सुरक्षाको प्रत्याभुति दिनइने निर्णय सरकारले गरेको हो। शनिबारसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ। पहिलो पटक धनगढीमा स्थानीयतहमा एक जनामा भाइरस सरेसँगै संक्रमणको दोस्रो चरण सुरु भएको छ।

    सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो। चैत फेरी सरकारले लकडाउन थप गरेर चैत २५ गतेसम्म कायम गरेको छ। नागरिक दैनिकबाट

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast