बिहिवार, जेष्ठ २२, २०७७
    सावधान

    ट्याक्टर दुर्घटनामा परी सहचालककाे मृत्यु, चालक गम्भिर घाइते

    शनिबार, २२ चैत्र २०७६, आहाखबर

    सुनसरी, २२ चैत। सुनसरीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । ट्याक्टर दुर्घटनामा मृत्यु हुनेमा जिल्लाको  बराहक्षेत्र नगरपालिका–२ पुतली चोकका ३२ बर्षीय हरी थापा रहेका छन् । 

    शुक्रबार साँझ पुतली चोक स्थित भित्रि सडकखण्डमा को २ त १८३६ नम्बरको ट्याक्टर आफैँ अन्यन्त्रित भएर पल्टिँदा सहचालक थापाको घटनास्थलमै मृत्यु भएको हो ।

    यस्तै, दुर्घटनामा गम्भीर घाइते ट्याक्टर चालक टंक निरौलाको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast