बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    पोखरामा कोरोनाको संक्रमण देखिएकाे छैन: स्वास्थ्य मन्त्रालय

    शुक्रबार, २१ चैत्र २०७६, आहाखबर

    काठमाडौँ, २१ चैत । स्वास्थ्य मन्त्रालयले पोखरामा हालसम्म कसैलाई पनि कोरोनाको संक्रमण नदेखिएको बताएको छ । मन्त्रालयमा भएको नियमित पत्रकार सम्मलेनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले उक्त कुराको पुष्टि गरेका हुने । 

    उनले नेपालमा हालसम्म ६ जनामा कोरोनाको संक्रमण भेटिएको ति मध्ये टेकु अस्पतालमा २ जना, बाग्लुङमा २ जना तथा धनगढीमा एक जनाको उपचार भएको र एक जना पहिले नै निको भइसकेको बताएका हुन् ।

    उनले भने, “पोखराको केस पोजेटिभ होइन ।”

    त्यस्तै, उनले अहिलेसम्म नेपालमा १२० जना आइसोलेसनमा  रहेको बताएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast