बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    थप एक व्यक्तिमा भेटियाे काेराेना, संक्रमितकाे संख्या ७ पुग्याे

    शुक्रबार, २१ चैत्र २०७६, आहाखबर

    काठमाडौं, २१ चैत । नेपालमा काेराेना भाइरस संक्रमितकाे दिन प्रतिदिन बढ्दै गइरहेकाे छ। शुक्रबार काेराेनाकाे साताैं संक्रमित फेला परेका छन् ।

    कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले जानकारी दिए ।

    चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीनपटक गरिन्छ । पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

    ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ । नेपालमा अहिलेसम्म सात जनामा कोरोना संक्रमण देखियो । संक्रमित सबै विदेशबाट आएका हुन् ।अनलाइनखबरबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast