मंगलवार, जेष्ठ २०, २०७७
    लाइफस्टाइल

    यस्ताे रहनेछ आज दिनभरीकाे माैसम

    शुक्रबार, २१ चैत्र २०७६, आहाखबर

    काठमाडौँ, २१ चैत। देशका अधिकांश क्षेत्रको मौसम शुक्रबार सामान्यतया सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन्।

    पश्चिमी क्षेत्रका केही स्थानमा अहिले आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।

    शुक्रबार दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ । राति देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast