बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    लकडाउन खुकुलो बनाउँदै सरकार, यस्ता आयोजना सञ्चालन गर्ने

    शुक्रबार, २१ चैत्र २०७६, आहाखबर

    काठमाडौं, २१ चैत । सरकारले लकडाउनको समयमा पनि उद्योग र ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शर्तसहित उद्योग र ठूला आयोजना सञ्चालन गर्ने निर्णय गरेको हो । यसका लागि स्थानीय तहसँग समन्वय गर्नुपर्ने सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।


    खतिवडाले तामाकोशी, मेलम्चीलगायत ठूला आयोजनाले बाहिरका कामदारलाई प्रवेश नदिई स्थानीय प्रशासनको सहजिकरणमा काम गर्न सक्ने निर्णय भएको जानकारी दिएका हुन् ।

    त्यसैगरी कृषिकार्यमासमेत बाहिरका श्रमिक नल्याइ काम गर्न दिने निर्णय उच्चस्तरीय समितिले गरेको छ । विभिन्न उद्योगले कामरदारलाई भित्रै राखेर सञ्चालन गर्न सक्ने भए सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।

    सँगै सीमा क्षेत्रमा अलपत्र रहेका नागरिकलाई १४ दिनसम्म त्यही क्वारेन्टाइनमा बसेर मात्र आफ्नो देशमा प्रवेश गर्न समितिले पुनःअनुरोध गरेको छ । त्यसको व्यवस्थापन सम्बन्धित देशले गर्नुपर्ने समितिको ठहर छ ।

    ठूला साना आयोजनाले आफ्नै क्षेत्रभित्रका श्रमिक बाहिर नपठाइ परिचालन गरेर सञ्चालन गर्न अनुमति दिने र यसको सहजीकरण भने स्थानीय प्रशासनले गर्ने निर्णय भएको सरकारका प्रवक्ता खतिवडाले प्रष्ट पारे ।

    अहिले हिउँदे बाली भित्र्याउने र बर्खे धान रोप्ने बेला भएकाले गहुँ काट्ने या धान रोप्ने या अन्य कृषि कार्य गर्ने विषयमा बाहिरी श्रमिक नल्याइ स्थानीय र पारिवारिक सहकार्यमा बाली लगाउन र उठाउनका लागि अवरोध निर्णय समेत बैठकले गरेको हो । बैठकमा कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरलाई समन्वय समितिले सहजरुपमा परिचालन गर्ने विषयमसमेत छलफल भएको छ ।

    स्वास्थ्य उपचार, खाद्यान्न, स्वास्थ्य सामग्रीको आपूर्ति, शान्ति सुरक्षा तथा सूचना प्रविधिलगायतका कार्यसम्पादन गर्ने विषयमा क्यालेन्डर बनाएर अघि बढ्ने गरी छलफल भएको खतिवडाले जानकारी दिए ।

    कोरोना सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने गरी जारी गरेको आदेश ‘लकडाउन’ को बिहीबार १० औं दिनमा आवश्यक वस्तु औषधि, खाद्य सामग्री र इन्धनको आपूर्ति असहज नहोस् भनेर ढुवानीका साधनलाई अझै सहज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    स्वास्थ्य सामग्री विवादको विषयमा भने प्रवक्ता खतिवडा खुल्न चाहेनन् । उनल स्वास्थ्य सामग्रीको विषय अनुसन्धानपछि मात्रै भन्न सकिने बताए । स्वास्थ्य सामग्री खरिदका विषयमा कसैले भनेको कुराबाट प्रभावित नभई आवश्यक अनुसन्धानपछि मात्रै भन्न सकिने उल्लेख गरे ।

    ‘महत्वपूर्ण कुरा सामग्री आएर मानिसको जीवन रक्षा भइरहेको छ, महङ्गो भयो कि भएन, विधि पुग्यो कि पुगेन भनेर हेर्ने निकाय छुट्टै छ’, उनले पत्रकारको प्रश्नको जवाफ दिँदै भने ।
    सरकारी तवरबाटै सामान ल्याउँदा उत्तम हुने जानकारी दिँदै मन्त्री खतिवडाले सरकारले यसअघि प्रयोग गरे पनि सफल हुन नसकेको बताए । अन्नपूर्ण पोष्टबाट

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast