शुक्रबार, जेष्ठ २३, २०७७
    सावधान

    वीर अस्पताल भर्ना भएका युवककाे मृत्यु

    बुधबार, १९ चैत्र २०७६, आहाखबर

    काठमाडाैं, १९ चैत । अत्यधिक ज्वरो आएर वीर अस्पताल भर्ना भएका एक युवककाे मृत्यु भएकाे छ । अत्यधिक ज्वरोको कारण धादिङ सुन्दरबजार नगरपालिका घर भएका २३ बर्षे मगराती थरका युवकको मृत्यु भएको अस्पतालका निर्देशक केदार सेन्चुरीले बताएका हुन् ।

    एकसाता देखि उपचाररत ती युवकको मिर्गौलामा पनि समस्या रहेको निर्देशक सेन्चुरीले जानकारी दिए । उनले भने ‘एक हप्ता पहिला वीरमा आएर भर्ना भएका विरामीको मिर्गाैलामा समस्या थियो । ज्वरो पनि आएका कारण उनको कोरोनाको परिक्षणका लागि टेकु पठाएका छौं तर रिपोर्ट नआएको हुदा यही कारणले मृत्यु भयो भन्न सकिन्न ।’

    अस्पताल स्रोतका अनुसार ती युवा १० चैतमा भारतबाट धादिङ घर आएका र दुई दिन क्वारेन्टाइन बसेका थिए । ज्वरो आएपछि काठमाडौ आएर वीर अस्पताल भर्ना भएका थिए । उनी १२ चैतबाट वीरमा उपचार गराइरहेका थिए । आज २ बजे उनको मृत्यु भएको सेन्चुरीले बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast