शनिबार, जेष्ठ २४, २०७७
    धर्म-संस्कृति

    यसरी मनाउन थालियो “मुर्ख दिवस”

    बुधबार, १९ चैत्र २०७६, आहाखबर

    आज मुर्ख दिवस अर्थात अप्रिल महिनाको प्रथम तारीख अप्रिल फूल, आज विहानै देखि विभिन्न बहानामा झुक्याउने, ठट्टा गर्ने अनि रमाईलो गर्ने चलन छ । नेपाल जापान डटकम् का पाठक वर्गहरु भने सचेत रहनु होला । कही कतैबाट तपाईलाई पनि मुर्ख त बनाउने कोसिसमा कोही त लागेका छैनन् ।

    यो मुर्ख दिवस किन मनाउन थालियो भन्ने विश्वासिला कारणहरु भेटिदैन् । यस दिवसलाई लिएर केही रोचक अवधारणाहरु भने प्रचलित छन् ।

    यसमा एक पर्दछ प्राचीन रोमनकालको एक प्रसंघ । प्राचीन कालमा रोमका मानिसहरु अप्रिल महिनाको एक तरिकका दिन नयाँ बर्ष मनाउने गर्दथिए । त्यही मध्यकालिन यूरोपमा २५ मार्चलाई नयाँ बर्षको रुपमा मनाउने चलन थियो ।

    त्यसकारण १८५२ मा राजा पोप ग्रेगरी अष्ठमले एक ग्रेगेरियन क्यालिन्डरको घोषण गरि दिए । जसको आधारबाट जनवरी देखि नयाँ बर्षको शुरुवात गरिएको थियो ।

      
    त्यस ताका यूरोपका केही मानिसहरुले यस क्यालिन्डरलाई स्विकार गरे भने केहीले गरेन्न् । अझ केही मानिसहरुलाई त यस क्यालिन्डरको बारेमा जानकारी समेत थिएन् ।

    जसले नयाँ क्यालिन्डरका अनुसार नयाँ बर्ष मनाउन थाले ति व्यक्तिहरुले नयाँ क्यालिन्डर स्वीकार नगर्ने व्यक्ति अर्थात अप्रिल महिनामा नयाँ बर्ष मनाउने व्यक्तिहरुलाई मुर्खको संज्ञा दिए । त्यहीबाट मुर्ख दिवस मनाउने प्रचलन बढदै गएको बताइन्छ ।

    त्यस्तै अर्को अवधारण अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शाषन रहेका वेला, आजकै दिनमा कैदि एवं अपराधीरुलाई एक दिनका लागी राज्य चलाउन दिईएको थियो । यसै दिनको सम्झनामा हरेक वर्ष अप्रिल फूल अर्थात मुर्ख दिवस मनाउन थालिएको मान्यता पनि रहदै आएको छ ।

    मुर्ख दिवस किन मनाउन थालियो र कहिले बाट यसको सुरुवात भयो भन्ने यकिन तथ्य नभए पनि यसले विश्वव्यापी रुपमा तब मनाउन थालियो जब आँग्रेजी हास्य लेखक अनि कालकारहरुले यसलाई अभिव्यक्ति अनि आआफ्नो लेख रचनामा उतारे । बेलयती, स्पेनिश, पोर्चुगिस अनि नेदरल्याण्डको उपनिवेशका वृद्धि संगै यसले राम्रो मान्यता पाँउदै गएको देखिन्छ ।

    अझ सन् १९५७ मा बीबीसीले नै स्वीस किसानहरुले रुखवाटै चाउचाउ टिपेको भिडियो देखाईदिएर आजको दिन संसारलाई नै नयाँ वाली आयो भनि झुक्काएको थियो । विभिन्न सञ्चार माध्यमहरुले पनि आजो दिनमा डर त्रास फैलाउने भन्दा पनि आशालाग्दा भ्रम अनि खबर फैलाएर आजको दिन मनाउछन् ।

    त्यसैले अानुहोस् आज निश्चल चनचल कलमलाई खुशीको मसीमा चोबलेर, दिमाखको सुन्दर क्यानभासमा केही खुसी र मिठोपन संग तयार गरिएको योजनाबाट साथीभाइलाई मुर्ख बनाउ । तर हाँसो मजाकका साथ मनाउने यस दिनमा साथी भाईलाई मुर्ख त बनाउ तर हामीले गरेको हासोले कसैलाई हानी भने नपुगोस् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast